नेपालगञ्ज ।
भूकम्पमा परी घाइते भएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु गरिएको छ।
नेपालगञ्जको भेरी अस्पतालमा जाजरकोटका २ जना घाइतेलाई ल्याइसकिएको छ। अरू ६ जना बाँके आइसकेर अस्पताल पुग्दैछन्। रुकुम(पश्चिमबाट जहाजमा १० जना ल्याउने तयारी गरिएको छ।
दुवै जिल्लाका घाइतेलाई भेरीमा ल्याउने भनिएपछि अस्पतालमा बेड र डाक्टरलाई तयारी अवस्थामा राखिएको छ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट ९मेसु० पवनजंग रायमाझीले ८० वटा बेड र डाक्टरलाई तयारी अवस्थामा राखेको जानकारी दिए।‘घाइतेलाई भेरीमा ल्याउने कुरा छ। त्यसअनुसार हामीले बेड र डाक्टरलाई तयारी अवस्थामा राखेका छौं’, मेसु रायमाझीले भने, ‘भेरीमा नअट्ने अवस्था आएमा मेडिकल कलेजमा पठाउने कुरा छ।’
गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्नीच्यूडको भूकम्प जाँदा जाजरकोट र पश्चिम(रुकुममा ठूलो मानवीय क्षति पुर्याएको छ।