काठमाण्डौ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना र

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।