काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले भारतलाई २ सय ७४ रनकाे लक्ष्य दिएकाे छ ।धर्मशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायाे । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय २७ बलमा १ सय ३० रन बनाएर आउट भए । यस्तै रचिन रविन्द्रले ७५ रन जाेडे । बलिङतर्फ भारतका माेहम्मद शमीले ५ विकेट लिए ।न्युजिल्यान्ड ४ खेलमा ८ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटका आधारमा दाेस्राे स्थानमा छ ।
त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब अनलाइनबाट
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने भएको छ ।गएको वर्षदेखि नै अनलाइन सेवा सञ्चालन...
Read more