बुटवल ।
लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनादेश खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले अस्पताल विकास समिति गठनको गठनादेश खारेज गरेको हो । बैठकले प्रदेश सरकारअन्तर्गतका १३ वटा अस्पतालका विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली, २०८० स्वीकृत समेत गरिएको छ । त्यसैगरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ९चौथो संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।
यस्तै सिकलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण ९कर्निया ट्रान्सप्लान्टेसन० शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत गरिएको छ ।
चालिस वर्षभन्दा माथिका लागि नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ्ग) कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, ज्येष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय भएको पाण्डेयले बताए ।