Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

घटस्थापनाको उत्तम साइत बिहान ११ः२९ बजे

न्युज डेस्क न्युज डेस्क
२०८० अशोज २८, आइतवार १२:०० AM
घटस्थापनाको उत्तम साइत बिहान ११ः२९ बजे

काठमाडौं,साझा डायरी । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

वडादसैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमानवरात्र भनेर समेत चिनिने दसैं नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु । कपिलवस्तु बहुमुखी क्याम्पस (तौलिहवा) मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा अनुसार अध्यक्ष पदमा हरम शरीफ मुसलमान ९७ मतको अन्तरले...

Read more
राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले...

Read more
आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

काठमान्डौं । प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ।आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति...

Read more
मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कपिलवस्तु । पश्चिमी स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media