साझा डायरी,बाणगंगा ।
बाणगङ्गा ०४ ,चारनम्बर मा रहेको श्री बिनायक बचत तथा ऋण सहकारी सस्था लि । ले आज सस्थाको १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।राज्यले नै आफ्नो अर्थनीति मा सरकारी , सहकारी र निजि क्षेत्र गरि तीन खम्बे अर्थनीति लाई आत्मसात गरि सहकारी लाई उच्च महत्व दियको छ , केही गलत नियत राकेका ब्याक्तिहरुको प्रबेस र उनिहरुले सहकारी को मूल्य मान्यता र सिद्धान्त लाई आत्मसात नगरी आफुअनुकुल सस्था संचालन गर्दा समग्र सहकारी क्षेत्र लाई शंका को दृस्ठि ले हेर्न थालियको छ , यस्तो अबस्थामा सम्पुर्ण सहकारीकर्मी , नियामक निकाय मिलेर त्यस्ता बिकृती हरुको पर्दाफास गर्दै रोक्न को लागि सबैको सचेततापुर्बक कदम आबस्यक छ । बाणगङ्गा नगर भित्र का सहकारी हरुको हामिहरु सूक्ष्म अध्यन गरेका छौ , यहाँ त्यस्तो कुनै समस्या छैन , तर बाहिर केही सहकारी मा देखियको समस्या ले यहाँ पनि असर देखिय पनि डराउनु पर्ने अबस्था छैन , यहाको सहकारी बिकास तथा प्रबर्द्धन र नियमन गर्न हामी प्रतिबद्ध छौ ।सस्थाको दसौं बार्षिक साधारणसभा लाई प्रमुख अतिथि को रुपमा सम्बोधन गर्दै बाणगङ्गा नगर उपप्रमुख रिता कुमारी थारु ले उक्त कुरा बताउनु भयको हो ।
बिशिस्ट अतिथिको आसन बाट बोल्दै लुम्बिनी प्रदेश सहकारी संघ का लेखा संयोजक तेज प्रसाद आचार्य ले बाणगङ्गा मा सहकारी मार्फत ठूलो पुजि परिचालन भयको तथा यहाको बिकास मा महत्त्वपूर्ण योगदान गरेको बताउनु भयो , देसमा सहकारी को बर्तमान अवस्था को चर्चा गर्दै अभियान्ता आचार्य ले भन्नू भयो , अब सहकारी ले सोच्ने तरिका परिवर्तन गर्नुपर्छ , बिज्ञान र प्रबिधि ले गरेको बिकास सङ्गै सहकारी सस्था र यसका संचालक हरु समेत बिकसित हुन सक्नु पर्छ , सहकारी ले अब उत्पादन केन्द्रित ब्याबसाय मा ध्यान दिनु आबस्यक छ ।
लाली गुराँस सहकारी सस्था का अध्यक्ष सालिकराम भुसाल ले एकै प्रकृति तथा कार्यक्षेत्र भयका लालिगुरास र बिनायक सहकारी एकीकरण को प्रक्रिया मा जान सकिने र आबस्यक पहल को लागि आफू तयार रहेको बताउनु भयो ।
सस्थाका सचिब खिमान्न्द पौडेल ले सहकारी क्षेत्र मा देखियको सड्ढट कृत्रिम रहेकोले यसको निराकरण का लागि सहकारी कर्मी अभियान्ता एबम नियामक निकाय को विशेष कार्यक्रम तथा पहल जरुरी रहेको बताउदै नगर मा सम्पुर्ण संघ , प्रदेश एबम स्थानिय स्तरका सबै सहकारी को विवरण राख्न , बेलाबेला मा अनुगमन र नियमन गर्न , सहकारी शाखा मा सहकारी सम्बन्धी बिज्ञ को ब्याबस्था गर्न एबम सहकारी सम्बन्धी कार्यक्रम संचालन गर्न प्रदेश सहकारी संघ का लेखा संयोजक तथा नगर उपप्रमुख को ध्यानाकर्षण गर्नुभयको थियो ।
दसौं बार्षिक साधारणसभा ले सस्थाका सचीव खिमानन्द पौडेल को बार्षिक प्रगती प्रतिबेदन र आगामी नीति तथा कार्यक्रम सहित बार्षिक बजेट एबम बिधान संसोधन प्रस्ताव , कोषाध्यक्ष बिष्णु प्रसाद न्यौपाने को आर्थिक प्रतिबेदन , लगायत प्रस्तुत सम्पुर्ण प्रतिबेदन हरु लेखापरीक्षक को नियुक्ति सर्बसहमत पारित गरेको छ ।सस्थाका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता , सचिब खिमानन्द पौडेल को संचालन तथा उपाध्यक्ष मुक्तिराम कडेल को स्वागत मन्तब्य मा सम्पन्न कार्यक्रम को दोस्रो सत्र को संचालन मोहन अधिकारिले गर्नुभयको थियो ।कार्यक्रम मा यसइइ मा उत्कृष्ट नतिजा ल्याइ उत्रीण सेयर सदस्य स्मृति पौडेल , स्नातक मा उत्कृष्ट नतिजा सहित उत्रीण बिजय पौडेल एबम एमफिल मा उत्कृष्ट नतिजा ल्याउन सफल होतराज खनाल लाई सम्मान गरियको थियो ।४४१ सदस्य रहेको सस्थामा ३८६ जना सदस्यहरुको उपस्तिथि रहेको थियो भने करिब ५ करोड को पुजि रहेको प्रतिबेदन मा उल्लेख छ ।