कपिलवस्तु ।
केही दिन अघि कपिलवस्तुको पथ्थरकोटबाट बरामद रक्तचन्दन भनिएको काठ रक्तचन्दन नभएको पुष्टी भएको बताइएको छ ।
कपिलवस्तुको बुद्द्भुमी नगरपालिका १ पत्थरकोट्मा कपिलवस्तु प्रहरीले बरामद गरेको उक्त काठ रक्तचन्दन नभएको बिधी बिज्ञान प्रयोगशाला खुमलटारमा गरिएको परिक्षणका क्रममा पुस्टि भएको डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक बन अधिकृत खिल बहादुर तामाङ्ले बताउनुभयो ।
केहि दिन अघि रक्तचन्दन जस्तो देखिने काठ सहित ८ जना पक्राउ परेका थिए । अर्घाखाँचीबाट तस्कर गरी कपिलवस्तु तर्फ ल्याइदै गरेको साढे ६ क्युन्टल रक्तचन्दन जस्तो देखिने काठसहित प्रहरीले ८ जनालाई कपिवस्तुबाट पक्राउ गरेको थियो । कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टलको परिमाणमा रहेको उक्त काठ रक्तचन्दन भनिएको भए पनि परिक्षणका क्रममा उक्त काठ रक्तचन्दन नभएको बताइएको हो ।
अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम उक्त काठ सहित प्रहरीले आठ जनालाई पक्राउ गरि अनुसन्धान थालेको थियो । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा अनुन्धानका लागि पठाइएको थियो ।
तर हाल उक्त काठ परिक्षणका क्रममा अन्य प्रजातिको काठ भएको पाइएको सहायक वन अधिकृति तामाङले बताउनुभयो । उक्त काठ वन कार्यालयको मातहत रहेको पनि उहाँले बताउनुभयो । उहाँले काठ बरामद गरिएका बेला पनि रक्तचन्दन जस्तो भनिएको भन्दै उक्त काठ परिक्षणका क्रममा रक्तचन्दन होइन भन्ने रिर्पोट आएको जानकारी दिनुभयो ।
उता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरीले काठ र मानिसहरु वन कार्यालयललाई जिम्मा लगाएकाले यस विषयमा थप रिर्पोट प्रहरीमा नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।