कपिलवस्तु ।
नेपाल विद्यार्थी संघ वाणगंगा नगर कार्यसमितिले इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थीहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।
सुनौलो भबिष्यको सपना बोकेर अध्ययनका लागी केही समय अघि मात्रै इजरायल गएका विद्यार्थीको अकस्मात् भएको निधनले समग्र मुलुकलाई स्तब्ध बनाएको भन्दै उनीहरुको सम्झनामा र मृत आत्माको चिर शान्तिको कामना गर्दै आज बाणगंगाको वडा नम्बर ८ बोडगाउँ चोकमा दीप प्रज्वलन गरिएको नगर कार्यसमितिले जनाएको छ ।
नगर कार्यवाहक सभापति सोना पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य टिआर पाण्डे प्रमुख अतिथि थिए भने पार्टीका अन्य नेताको पनि सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले इजरायलमा भएको विद्यार्थीको निधनले आफ्नो संगठन मात्रै नभएर समग्र देशवासी निकै दुखी भएको बताउँदै शोकको घडीमा मृतक आत्माहरुको चिर शान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।

दीप प्रज्वलनमा पार्टीका नेताहरु दुर्गा केसी, डोलकराम घिमिरे, विमला गैरे, कुलराज पौडेल, कृष्णप्रसाद न्यौपाने, रविराज आचार्य,बिष्णु मल्ल,गिरीराज पौडेल,निर्मला न्यौपानेको सहभागिता थियो भने विद्यार्थीको तर्फबाट सिद्धार्थ क्याम्पसका स्ववियू सभापति नील कमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, नगर सचिव अमृत गिरी, सदस्यहरु प्रदीप भट्टराई, किरण भण्डारीलगायतको सहभागिता थियो ।
कार्यवाहक सभापति तथा कार्यक्रम संयोजक सोना पाण्डेले सहभागि सबैलाई धन्यबाद दिँदै आगामी दिनहरुमा पनि नेबिसंघ सामाजिक कार्यप्रति सदैब तत्पर रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।