बुटवल ।
पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजना र आवाज बचत तथा ऋण सहकारी सस्था को सहकार्यमा रक्तदान कार्यक्रम बुटवल मा सम्पन्न भएको छ।
पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बश्याल ज्युको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड न ०९ का वाड अध्यक्ष प्रदीप कुमार श्रेष्ठ ज्यु प्रमुख आतिथ्यतामा पहिलो पाइला नेपाल केन्द्रिय महासचिव बिनोद महत ज्यु, केन्द्रीय सचीव पारस मरासिनी ज्यु, पहिलो पाइला नेपाल बुटवल शाखा सल्लाहकार ठाकुर गैरे, गंगाधर न्यौपाने , जिबन अधिकारी , बाबुराम बन्जाडे , नेपाल स्वयंसेवी रक्तदाता समाज का केन्द्रिय महासचिव कृष्ण चौहान ज्यु, समाजसेबि खुबिराम आचार्य लगाएत को आतिथ्यता रहेको थियो ।
कार्यक्रम मा बोल्दै कृष्ण चौहान ले हामिले बुटवल लाई रगत नपाए बुटवल जानू भन्ने कथन लाई साकार गर्न पहिलो पाइला नेपाल र पहिलो पाइला नेपाल का सक्रिय युवाहरु र बुटवल मा रहेका सामाजिक सस्था को सक्रियता ले आफु प्रभाबित भएको बताउनु भएको थियो।
त्यस्तै प्रमुख अतिथि श्रेष्ठ ले पहिलो पाइला नेपाल बुटवल शाखा का युवाहरु ले समाज रुपान्तरण का निमित्त खेलेको भुमीका लाई नजिक बाट नियालेको बताउदै सस्था ले कहिले अर्घाखाँची मा भाग्य बोक्ने झोला कहिले कपिलवस्तु , कहिले गुल्मी त कहिले रुपन्देही का विभिन्न क्षेत्रमा कार्यक्रम गरेको देख्दा परिवर्तन बास्तबमा युवा बाट सम्भव छ भन्ने आफू लाई लागे को बाताउदै आफू सधैव सस्था को साथ मा रहेको बताउनु भएको थियो ।
सस्था का अध्यक्ष बिनोद बस्याल ले पहिलो पाइला नेपाल एक निस्वार्थ रुपमा समाज लाई केही गर्न सकिन्छ कि भन्ने उदेश्य ले स्थापित सामाजिक सस्था हो । पहिलो पाइला नेपाल कहिले बाल आश्रम का न्यानो माया अभियान लिएर पुगेका छौ कहिले बृद्ध आश्राम मा खाद्यान्न लिएर पुग्ने गरेको कुरा बताउदै , सस्था ले शिक्षा , स्वास्थ्य , सरसफाइ तथा मानवसेवा का क्षेत्रमा काम गर्दै आएको र आज रक्तदान कार्यक्रम गर्न लागिएको बाताउदै कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए ।।
कार्यक्रम को सम्पुर्ण ब्यवस्थापन पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष के सि ज्यु गर्नु भएको उक्त कार्यक्रम मा ३८ पिन्ट रगत संकलन भएको थियो।
कार्यक्रम को स्वागत मन्तव्य सस्थाको उपाध्यक्ष गोमा भट्टराई ले राख्नु भएको थियो भने आवाज बचत तथा ऋण सहकारी सस्था का अध्यक्ष जीवन अधिकारी ज्यु ले धन्यवाद मन्तव्य राख्नु भएको थियो। कार्यक्रम को संचालन सस्था का सह- सचिब मनिष खनाल ले गर्नु भएको थियो।