काठमाडौँ ।
भारतमा भइरहेको आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ ।
भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा टस हारेपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३७ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रन बनायो । अफगानिस्तानका लागि रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए । यस्तै इब्राहिम जरदानले २२, अजमातुल्लाह ओमाराजीले २२, रहमत शाहले १८ तथा कप्तान हसमतुल्लाह शाहिदीले १८ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका शकिब उल हसन र मेहदी हसनले समान तीनरतीन विकेट लिए । अहिले बङ्गलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।
आजै श्रीलंका र दक्षिण अफ्रिकाबिच अर्को खेल हुनेछ । यसअघि शुक्रबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्डस्लाई ८१ रनले पराजित गरेको थियो ।