पशुपति गिरी ,असोज १९ कपिलवस्तु ।
फूलबारी सामुदायिक वन उपभोक्ता समूहले २१ औ वार्षिक साधारण सभा बाणगंगा ७ को सभा हल मोतिपुरमा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका अन्तर्गत वडा नं.७, साविक मोतिपुरमा रहेको यति ४ किल्ला भित्र ३६३.४६ हेक्टर जमिनमा फैलिएको यस फुलवारी सामुदायिक वनको २१ औं साधारण सभा सम्पन्न भएको छ ।सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वनको भावी रणनिति बारेमा समूहका अध्यक्ष जयलाल गिरीले प्रस्तुत गर्नुभएको थियो । । साथै चालु आर्थिक बर्ष २०८०।०८१ का लागि २ करोड ६३ लाख बराबरको अनुमानित लोकप्रिय बजेट पेश गदै वन उपभोक्ता समूहबाट अति विपन्न वन उपभोक्ता परिवारलाई आवास सहयोग,गरिवि न्युनिकरण तथा जिविकोपार्जन सहयोग कार्यक्रम,आर्यआर्जन व्यवसायमुखी तालिम , महिला सशक्तिकरण, सामुदायिक विकास ,वन विकास,वन संरक्षण गर्ने, आयआर्जनका लागी सहुलियत ऋण प्रदान, सर्पदश केन्द्रलाई सामाग्री सहयोग गर्ने, चिकित्सकद्धारा स्वास्थ्य शिविर सञ्चालन,खेलकुद व्यवस्थापन गर्ने लगायत विभिन्न कामहरु गर्ने बताउनु भएको थियो । ।कोषाध्यक्ष अम्वर बहादुर गुरुङगले आर्थिक वर्ष ०७९।०८० को कुल २ करोड ६० लाख बराबरको आय–व्यय सार्वजनिक गरेका थिए भने लेखा समिति सदस्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका बोल्दै कार्यक्रक्रमका प्रमुख अतिथी तथा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले वन व्यवस्थापन नेपालमै कपिलवस्तु जिल्लाबाटै शुरवात भएको भन्दै प्राकृतिक श्रोतलाई सही सदुपयोग गरी वन व्यवस्थापन अगाडी बढाउँदै लैजानुपर्ने,वन अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने,सामुदायिक वनमा रहेका खोल्सा खोल्सीहरुलाई नियन्त्रण गर्नुपर्नेमा सामुदायिक वनको विशेष पहल गर्नुेपर्ने बताउँदै दिगो वनको व्यवस्थापनबाट राज्यलाई ठूलो पुग्ने बताउनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी वडा अध्यक्ष विष्णु गिरीले वनको दिगो संरक्षण र सम्बर्धनमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु–याउने कुरा बताउदै वडासंग समन्वय,सहकार्य गरी पूर्वाधारको काममा सहयोग पुराउने बताएका थिए । उक्त कार्यक्रममा विशिष्ट अतिथी तथा सामुदायिक वन महासंघका प्रदेश उपाध्यक्ष हुमनाथ भट्राइ त्यसैगरी मोतिपुर खानेपानी उपभोक्ता समिति अध्यक्ष शेषकान्त वेल्वासे, वडा सदस्य हरि शंकर पौडेल, जनसेवा कृषि सहकारीका अध्यक्ष टोप बहादुर थापा,मोतिपुर प्रगती युवा क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपाने लगायतले आ –आफनो धारणा राख्दै साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।भने कार्यक्रमको सञ्चालन फुलवारी सामुदायिक वनकी सचिव मिना थापा क्षेत्रीले गर्नुभएको थियो ।
३ सय ६३.४६ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ६०० बराबर घर आवद्ध रहेका छन् ।