तौलिहवा ।
नेपालले पहिलो पटक एसिया कप खेल्न थालेको पूर्वसन्ध्यामा कपिलवस्तुमा दिप प्रज्वलन गरिएको छ । क्रिकेट संघ कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको जिल्ला प्रशासनको चोकमा क्रिकेट समर्थक तथा खेलकुद पदाधिकारी र जनप्रतिनिधीको उपस्थितीमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेय नेपाली किक्रेट जगतमा आजको दिन ऐतिहासिक दिन भएको बताउदै खेलाडीहरुलाई विजय प्राप्तीको लागि शुभकामना दिनु भएको छ । उहाँले सरकार लगायतका सबै सरोकारवालाहरुले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा समेत जोड दिनु भयो ।
सिमित श्रोत साधनका बावजुत नेपाली किक्रेट टोलीले टेष्ट मान्यता प्राप्त देशहरुसंग खेल्नु गौरव भएको बताउनु भयो । कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले नेपाली टोली पहिलो पटक एसिया कप खेल्न लागेकाले शुभकामना एंव हौसालाको लागि दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
नेपालमा क्रिकेटको क्रेज बढ्दै जानुका साथ साथै खेलाडीहरुमा लगानी बढ्दै गईरहेको बताउदै किक्रटको भविष्य भएको बताउनु भयो । गैरेले भोली पाकिस्तानको मुल्तानमा हुने एसिया कप २०२३ को पहिलो खेलमा घरेलु टोली पाकिस्तान संगको खेलमा विजयको शुभकामना समेत दिनु भयो । कार्यक्रममा किक्रट संघ कपिलवस्तुका कोषाध्यक्ष एंव संघका लुम्बिनी प्रदेश सदस्य पदमराज श्रेष्ठले किक्रेट संघ र खेलाडीको मेहनतले आज नेपालले एसिया कपमा स्थान पक्का गरेको बताउनु भयो ।