कपिलवस्तु ।
कपिलवस्तुमा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको शिवराज नगरपालिका–३ मदवा बस्ने ७० वर्षीय सालिके कामीको काँडे खोलामा डुबेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
कामीको घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको हो । माछा मार्न गएको अवस्थामा उनी खोलामा डुबेका थिए ।
खोलामा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।