काठमाण्डौ ।
मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहेपनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन्।
पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान् छ। शनिबारको तुलनामा आइतबार मौसममा थप सुधार देखिएको थियो।
आज र भोलि अझै सुधार देखिने मौसमविद् मानन्धरले बताइन्।न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर रहेपनि पानी पार्न आवश्यक मोइस्चर कमजोर बनेकाले तत्काल भारी वर्षा र झरी पर्ने सम्भावना देखिँदैन,’ उनले भनिन्।
भारतको आसामतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका पूर्वी भूभागमा सामान्यदेखि आंशिक बदली हुने मानन्धरले जानकारी दिइन्।अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-गका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक(दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।दिउँसो काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली भई एक दई स्थानमा छिटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले जानकारी दिइन्।
रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।मनसुन अवधिभर मौसम सुधार हुने र फेरि बदली हुने चक्र चलिरहने मौसमविद् मानन्धरले बताइन्।