बिष्णु कुमार आले,अर्घाखाँची ।
सुधा मा.वि शितगंगा ५ जुकेना अर्घाखाँचीको पुर्व विद्यार्थी-शिक्षक पुनर्मिलन समाजको भेला सम्पन्न भएको छ ।
कपिलवस्तुको गोरुसिङ्गे इटालियन होटलमा बसेको भेलाले चन्द्र सारु मगरको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सुमित्रा गैरे र प्रदिप बेल्बासे, महासचिवमा रामचन्द्र बेल्बासे,सचीवमा ज्योतिलाल पौडेल र भिमलाल पौडेल,कोषाध्यक्षमा लक्ष्मण न्यौपाने ,सहकोषाध्यक्षमा, माधवराज न्यौपाने ,प्रवक्तामा अन्जु बेल्बासे पौडेल रहनु भएको छ ।
भेलाले सबै क्षेत्र समेटेर समाबेसी रूपमा सदस्यहरू चयन समेत गरेको छ । सदस्यहरुमा बाबुराम पौडेल ,भगवता पौडेल भाट, शुसिला बेल्बासे पौडेल (बुटवलर भैरहवा र त्यहाँदेखि पुर्वदक्षिण क्षेत्र) सुरज पौडेल ,बेदप्रसाद पौडेल (जुकेना र जलुके क्षेत्र) रिता पौडेल पन्थी, निर्मला भाट,शारादा अर्याल न्यौपाने (ठाडार अमराइदेखि उत्तर क्षेत्र) मिरा अधिकारी पौडेल ,नरेन्द्र बेल्बासे (बनगाइ क्षेत्र) चन्द्र भाट, मिना गैरे भण्डारी(बोडगाउँ देखि ४नम्बर क्षेत्र) चन्द्रकला भट्टराई न्यौपाने ,देवकला अधिकारी (गोरुसिङ्गेर इमिलिया क्षेत्र) मनिषा पौडेल बेल्बासे ,पिताम्बर पाण्डे (चन्द्रौटा र त्यहाँदेखि पश्चिम क्षेत्र) रहेका छन् ।
उक्त भेलाले चोपलाल पौडेल ,टोपबहादुर जिसि,श्यामसुन्दर बेल्बासे, झबिन्द्र घिमिरे,राजकुमार गुप्तालाई सल्लाहाकारमा चयन गरेको हो । कार्यक्रम ज्योति पौडेलको सहजीकरण र भिम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।