कपिलवस्तु २२ असार । कपिलवस्तुमा सामुदायिक तर्फबाट अब्बल मानिदै आएको जनता माध्यमिक विद्याल, पिपरा कपिलवस्तुले एस।ई।ई। नतिजा २०७९ मा पनि सर्वोत्कृष्ट नतिजा प्राप्त गरेको विद्यालयले दाबी गरेको छ ।लुम्बिनी प्रदेशमा उत्कृष्ट छवि बनाएको जनताले ७० जना विद्यार्थीहरुलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको विद्यालय प्रधानाध्यापक रमशे पन्थीले बताए । पन्थीले ६ जना विद्यार्थीले ३.९ जि।पि।ए प्राप्त गरेको बताए । विद्यालयका ९७ जनाले ए ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्तीर्ण हुन सफल पन्थीले बताए ।
तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए । अधिकारीले प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more