काठमाडौँ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य उतारचढाव देखिएको छ ।

सोमबार नेप्से परिसूचक १ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।

आज ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ पुगेको छ ।

कारोबारका क्रममा विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेका छन् ।

आज एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्डस्ट्रिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर किनबेच भएको छ । कम्पनीको १२ लाख ५२ हजार ६६९ कित्ता सेयर ४१ करोड ४९ लाख ९९ हजार ६६२ रुपैयाँ बराबरमा कारोबार भएको हो ।