काठमाडौँ ।

सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान तोकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । अस्ति, शुक्रवार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । चाँदी आज तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।

विश्लेषकहरूले विश्व अर्थतन्त्रमा अनिश्चितता, मुद्रास्फीति, र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको रूपमा सुन र चाँदीको माग बढेको र त्यसैले मूल्य वृद्धि भएको बताएका छन् ।