राहुकाल

आज बिहान ७:४७ देखि ९:०७ सम्म राहुकाल रहनेछ । यस अवधिमा कुनै पनि शुभ कार्य नगर्न सुझाव दिइएको छ ।

ब्रहा मुहूर्त

बिहान ४:५० देखि ५:३८ सम्म ब्रहा मुहूर्त पर्नेछ ।

आजको राशिफल

मेष

व्यापार व्यवसायबाट आम्दानी वृद्धि हुने संकेत छ । पुराना रोग तथा समस्याहरू कम हुँदै जानेछन् । मावली पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ । पढाइमा उत्कृष्ट नतिजा आउनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । सामाजिक सञ्जाल प्रयोगबाट आफ्नो विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ । यात्रा र मनोरञ्जनमा समय बित्नेछ ।

वृष

बौद्धिक क्षमता बढ्ने भएकाले सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनका लागि आन्तरिक तथा बाह्य यात्रा तय हुन सक्छ । परिवारसँग रमाइलो गर्दै मिठो भोजन गर्ने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा प्रतिष्ठा बढ्नेछ । उपहार तथा विलासी सामान प्राप्त हुने सम्भावना छ । सन्तानको प्रगतिले मन प्रसन्न हुनेछ ।

मिथुन

परिवारमा देखिएको तिक्तता हट्दै जानेछ । विलासी सामान प्रयोग गर्दा सचेत रहनुहोला । अत्यधिक रमाइलो गर्ने क्रममा शुभचिन्तकहरू रिसाउन सक्छन् । हतारमा गरिने निर्णय घातक बन्न सक्छ । खानपानमा लापरवाही गर्दा स्वास्थ्य समस्या आउन सक्छ । साँझको समय अध्ययनका लागि अनुकूल रहनेछ । प्रेम सम्बन्धका लागि शुभ दिन हुनेछ ।

कर्कट

अवसरको सही उपयोग गर्दै परिणाममुखी कार्य गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग रमाइलो समय बित्नेछ । व्यापार, शेयर बजार तथा उद्योगमा गरिएको लगानी लाभदायक हुनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । पढाइ लेखाइ उकासिनेछ । साँझपख यात्रा गर्दा सावधानी अपनाउनुहोस् ।

सिंह

शुभ चन्द्रमाको प्रभावले आर्थिक क्षेत्रमा सुधार आउनेछ । रोकिएका रकम फिर्ता हुनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन् । परिवारसँग यात्रा र मिष्ठान्न भोजनको अवसर मिल्नेछ । नाम–दाम कमाउने सम्भावना छ । जग्गा–जमिनको कारोबारबाट लाभ हुनेछ ।

कन्या

समाजमा सकारात्मक काम गर्दै प्रतिष्ठा बढ्नेछ । बन्द व्यापार पुनः चलायमान हुँदै नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । नयाँ प्रविधि प्रयोग गरेर आम्दानी वृद्धि हुने सम्भावना छ । राजनीतिमा सफलता हात पार्न सकिन्छ । परिवारसँग मिठो भोजनको अवसर प्राप्त हुनेछ ।

तुला

लगानी गर्दा सावधानी अपनाउनुहोस्, प्रतिफल पाउन केही समय लाग्न सक्छ । पढाइमा थप मेहनत आवश्यक देखिन्छ । व्यापारमा लगानी गर्न केही समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ । विदेशी लगानीमा संचालित संस्थाबाट भने राम्रो मुनाफा कमाउन सकिनेछ । विदेश यात्रा योग प्रबल छ । साँझमा सामाजिक कार्यमा सहभागी हुन सकिनेछ ।

वृश्चिक

कामका नयाँ अवसरहरू भेटिनेछन् । शेयर बजार तथा व्यापारमा गरिएको लगानीले आर्थिक अवस्था मजबुत बनाउनेछ । सीमित स्रोत–साधनले पनि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । पढाइमा अपेक्षित नतिजा प्राप्त हुनेछ । सवारी प्रयोग गर्दा सावधानी आवश्यक छ । लामो दूरी यात्रा सम्भावित छ ।

धनु

राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ । व्यापार र शेयर बजारबाट आम्दानी वृद्धि हुनेछ । कृषि तथा पशुपालन आधुनिकीकरणबाट राम्रो नतिजा आउन सक्छ । प्रेम सम्बन्ध विस्तार हुँदै जानेछ । अध्ययनमा उत्कृष्टता प्राप्त हुनेछ । पैतृक सम्पत्तिको उपयोग गर्ने अवसर मिल्नेछ ।

मकर

समाजको हितमा काम गर्दै प्रतिष्ठा बढ्नेछ । अनुसन्धान क्षेत्रमा लगानी गर्दा सफलता हात लाग्नेछ । प्रेम सम्बन्धका लागि अनुकूल समय छ । पढाइको कारण लामो दूरी यात्रा हुन सक्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय बिताउने अवसर प्राप्त हुनेछ ।

कुम्भ

व्यस्तता बढे पनि स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ । खानपान तथा वातावरणप्रति सावधानी अपनाउनुहोस् । व्यापारमा लगानी गर्नुअघि आवश्यक तयारी गर्नुपर्छ । पढाइमा मन नलाग्न सक्छ । आफन्तसँग विवादको सम्भावना छ । साँझपछि समय अनुकूल बन्छ । धर्मप्रति आस्था बढ्नेछ ।

मीन

व्यापार, शेयर तथा उद्योग क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसाय लाभदायक बन्नेछ । व्यापार–व्यवहारकै क्रममा यात्रा हुन सक्छ । भौतिक सम्पत्ति तथा विलासी सामान प्राप्त हुने सम्भावना छ । पढाइमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् । नोकरी तथा पदोन्नतिमा अवसर मिल्नेछ । यात्रा गर्दा सावधानी अपनाउनुहोस् ।