काठमाडौँ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ ।

आज तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।