राहुकाल

बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ५ बजेर २० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रह्म मुहूर्त

बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

सर्वार्थसिद्धि योग

बेलुकी ५ बजेर ३३ मिनेटपछि सर्वार्थसिद्धि योग रहनेछ ।

नोट : यस योगमा गरिएको कार्य सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आमा, आफन्त तथा सहयोगीबाट अपेक्षित सहयोग प्राप्त हुने हुँदा मन प्रसन्न रहनेछ । घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजसेवामार्फत पद तथा प्रतिष्ठा प्राप्त हुने योग छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवनसाथीको साथ र सहयोग रहनेछ भने माया–प्रेममा नजिकिने अवसर मिल्नेछ । अध्ययनमा समय दिन सके प्रगति सम्भव छ । बैंक तथा वित्तीय क्षेत्रबाट लाभ लिन सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइ–लेखाइमा मन जाने हुँदा सफलता प्राप्त हुने योग छ । छोटो दूरीको यात्रा सम्भव छ । दाजुभाइको सहयोगले आत्मबल बढ्नेछ । माया–प्रेममा नजिकिने समय छ । सकारात्मक सोचले रूढिवादी परम्परामा परिवर्तन ल्याउन सकिनेछ । लेखन र विचारमार्फत समाज रूपान्तरणमा भूमिका रहनेछ । वित्तीय क्षेत्रमा लगानीबाट लाभ हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
बोलीको प्रभाव बढ्ने भएकाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा संलग्नले राम्रो आम्दानी गर्न सक्नेछन् । स्रोतसाधन जुट्ने हुँदा व्यापार तथा सेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्तबाट प्राप्त सुखद समाचारले उत्साह थप्नेछ । प्रेम सम्बन्धका लागि समय अनुकूल छ । अध्ययनका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बिहानको समय मध्यम रहने भएकाले यात्रा तथा सवारी प्रयोगमा सतर्कता अपनाउनुहोला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । मध्यान्हपछि नयाँ प्रविधि प्रयोग गरी रचनात्मक कामबाट राम्रो आम्दानी हुनेछ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ भने दाम्पत्य जीवनमा विश्वास बढ्नेछ । राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि समय अनुकूल छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
खर्च बढे पनि उपलब्धिमूलक कार्य हुनेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना छ । विदेशी व्यापार फस्टाउनेछ । समयमै काम सम्पन्न गरी नाम र दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्या आउन सक्छ । अध्ययनमा लापरवाही गर्दा पछि परिने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
साथीभाइ तथा इष्टमित्रको सहयोगले परिणाममुखी काम गर्न सकिनेछ । व्यापार, उद्योग तथा सेयर बजारमा लगानीबाट राम्रो लाभ हुनेछ । शिक्षा क्षेत्रबाट आम्दानी बढ्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा सामञ्जस्यता कायम रहनेछ । पैतृक सम्पत्तिको सदुपयोगबाट आय वृद्धि हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
राजनीति तथा समाजसेवामा सक्रिय रहनेहरूले पद प्राप्त गर्न सक्ने योग छ । व्यापार तथा वित्तीय क्षेत्रमा लगानीबाट मनग्गे धन आर्जन हुनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित अवसर प्राप्त हुनेछन् । इमानदारिता र मेहनतको कदर हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अल्पकालीन तथा दीर्घकालीन योजना सफलतापूर्वक कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा रुचि बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्राको योग छ । बौद्धिक क्षमता विस्तार हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । सामाजिक तथा परोपकारी काममा सक्रियता बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग छ । चिट्ठा प्राप्तिको सम्भावना देखिन्छ । आफन्त तथा दिदीबहिनीबाट सहयोग मिल्नेछ । शुभचिन्तकको सुझाव उपयोगी हुनेछ । माया–प्रेममा आत्मीयता बढ्नेछ । पदीय जिम्मेवारी प्राप्त हुने संकेत छ । व्यावसायिक यात्राबाट सफलता मिल्नेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा सेयर बजारको लगानी फस्टाउनेछ । अध्ययनमा सुधार भई अपेक्षित नतिजा प्राप्त हुनेछ । पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
पारिवारिक यात्रामा रमाइलो अनुभव हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा पार्न सकिनेछ । दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ । न्यायिक निर्णयहरू अनुकूल रहनेछन् । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
लामो समयदेखि अड्किएका काम पूरा हुनेछन् । अवसरको सदुपयोग गरी धन तथा सम्पत्ति संकलन गर्न सकिनेछ । आर्थिक समस्याहरू समाधान हुँदै जानेछन् । मित्रहरूको सहयोग मिल्नेछ । अध्ययनमा सुधार आउनेछ । भौतिक सुविधा उपयोग गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनको सिलसिलामा यात्रा सम्भव छ ।