राहुकाल

दिउँसो २:३१ बजेबाट ३:४९ बजेसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोलान् ।

ब्रह्ममुहूर्त

बिहान ५:०६ बजेबाट ५:५४ बजेसम्म ब्रह्ममुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आमा तथा आफन्तसँग साना विषयमा मनमुटाव हुन सक्छ । समयमा काम सम्पन्न नहुनाले आर्थिक पक्ष कमजोर बन्नेछ । घर–जग्गा कारोबार तथा सवारीसाधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् । प्रेममा अविश्वास बढ्न सक्छ । तर कृषि तथा पशुपालनबाट आम्दानी बढ्नेछ । खेलकुद क्षेत्रमा संलग्न व्यक्तिका लागि समय सकारात्मक छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

व्यापार, उद्योग तथा शेयर बजारबाट थोरै भए पनि आम्दानी हुनेछ । मनोरञ्जन र यात्रामा समय बित्नेछ । विवादित विषयहरू समाधानतिर जानेछन् । अध्ययनमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ । मन परेको व्यक्तिसँग रमाइलो यात्रा र स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

समयमै काम पूरा गरेर प्रशंसा कमाउन सकिनेछ । विचार र वाणीमार्फत धेरैको मन जित्न सकिनेछ । परिवारसँग रमाइलो समय बित्नेछ । कला, मोडलिङ तथा गीत–संगीत क्षेत्रमा लागेकाहरूका लागि समय फलदायी छ । अध्ययन तथा शोधकार्यतर्फ रुचि बढ्नेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

नयाँ प्रविधिको प्रयोगबाट राम्रो आम्दानी हुन सक्छ । आफन्त तथा कुटुम्बको सहयोगले आर्थिक लाभ बढ्नेछ । टुटेका सम्बन्ध पुनः सुधारिनेछन् । पति–पत्नीबीच विश्वास बढ्नेछ । बोलेर सेवा प्रदान गर्ने पेसा, होटल तथा रेष्टुरेन्ट व्यवसाय फस्टाउनेछ । यात्रामा समय बित्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

शिक्षा वा पेशाका सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । विदेशी सामानको व्यापार बढ्नेछ । विदेशमा बसेर अध्ययन वा काम गर्नेहरूलाई समय अनुकूल रहनेछ । प्रेम र मित्रता मजबुत बन्नेछ । खेलकुद क्षेत्रमा संलग्नका लागि राम्रो समय हो । तर स्वास्थ्यमा समस्या आउँन सक्छ र खर्च बढ्न सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

खनिज तथा प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढ्नेछ । प्रिय व्यक्तिसँग समय बिताउन पाउँदा मन प्रशन्न हुनेछ । पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । सवारी तथा भौतिक सम्पत्तिको प्राप्तिका संकेत छन् । सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

अध्ययनमा प्रगति हुनेछ र अध्ययनकै क्रममा यात्रा हुन सक्छ । राज्य संयन्त्रमा बसेर काम गर्ने अवसर प्राप्त हुन सक्छ । शुभचिन्तकको सल्लाहले लाभदायी काम गर्न सकिनेछ । व्यापार तथा पुँजी बजारमा गरिएको लगानी भविष्यमा नाफादायी बन्नेछ । प्रेममा भावनात्मक नजिकियत बढ्नेछ । नोकरीमा नयाँ अवसर वा बढुवा पाउने सम्भावना छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

सामाजिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ । धार्मिक वा शैक्षिक यात्राको अवसर मिल्नेछ । व्यापारमा गरिएको लगानी भविष्यमा राम्रो नाफामा परिणत हुनेछ । अनुसन्धान तथा खोज क्षेत्रमा प्रगति हुनेछ । राजनीतिमा सक्रियहरूका लागि पद प्रतिष्ठा बढ्ने समय छ । प्रेमी–प्रेमिकाका लागि समय शुभ । लामो दूरीको यात्रा सम्भव छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

खानपान र मौसमको ध्यान पुर्‍याउनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ र उपचार खर्च बढ्न सक्छ । धेरै समय दिए मात्र व्यापारमा फाइदा हुनेछ । सामाजिक कार्यमा समय दिन नसकिनेछ । अध्ययनमा मन नजाँदा परिणाम कमजोर हुन सक्छ । प्रेममा धोका सम्भावना छ । भौतिक सम्पत्ति प्रयोगमा सचेत रहनुहोस् । तर खेलकुद तथा खेल व्यवसायमा संलग्नका लागि समय अनुकूल छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । शेयर बजारबाट नाफा कमाउन सकिनेछ । व्यवसायिक यात्राको सम्भावना छ । प्रेम सम्बन्ध मजबुत बन्नेछ । जीवनसाथीको सहयोगले राम्रो काम सम्पन्न हुनेछ । मन परेको व्यक्तिबाट उपहार वा भौतिक लाभ प्राप्त हुन सक्छ । बौद्धिक क्षमताले अधिकार स्थापित गर्न सकिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

समय उत्तम छ । मन परेको व्यक्तिबाट उपहार वा भौतिक लाभ प्राप्त हुनेछ । टुटेका प्रेम सम्बन्ध पुनःजोडिनेछन् । बिलासी वस्तुको व्यापार फस्टाउनेछ । पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

प्रेम तथा दाम्पत्य सम्बन्ध मजबुत हुनेछ । सन्तानको सहयोगले मन प्रशन्न हुनेछ । अध्ययनमा उत्कृष्ट नतिजा र पुरस्कार प्राप्तिको योग छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीले भविष्यमा राम्रो लाभ दिनेछ । यात्रा, खेलकुद तथा मनोरञ्जनमा समय रमाइलो हुनेछ ।

तपाईंको दिन शुभ रहोस् ।