राहुकाल

बिहान ७ बजेर ५१ मिनेटदेखि बिहान ९ बजेर ११ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ५५ मिनेटदेखि बिहान ५ बजेर ४३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ )

व्यवसायिक सन्दर्भमा लामो दूरीको यात्रा हुने सम्भावना छ । यात्रा तथा पर्यटनसम्बन्धी व्यवसाय फस्टाउनेछ । धार्मिक तथा शैक्षिक काममा सहभागी भई उत्कृष्ट नतिजा पाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समय अनुकूल रहनेछ । अनुसन्धान तथा खोजकार्यमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ । खेलकुदसम्बन्धी गतिविधिमा पनि सहभागी भई सफलता हात पार्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

कुटुम्ब तथा आफन्तसँगको आर्थिक समन्वय मिलाएर नयाँ काम सुरु गर्न सकिनेछ । अध्ययनमा मन जानेछ र कार्यक्षेत्रमा पनि सकारात्मक नतिजा आउनेछ । पुराना समस्या हट्दै जानेछन् । अध्ययन तथा कामका लागि यात्रा हुने सम्भावना छ । दिदीबहिनी तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । उपहार तथा सम्मान प्राप्तिको योग रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

गीत–संगीत तथा मनोरञ्जन क्षेत्रमा सक्रियता बढ्नेछ । लेखन तथा साहित्यिक क्षेत्रमा बाँकी कामहरू पूरा गर्न सकिनेछ । अध्ययन वा कामकै कारण लामो दूरीको यात्रा हुनेछ । विलासी सामानको व्यापारमा वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूको समय सुखद रहनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । खेलकुद तथा खेल सामग्री व्यापारमा संलग्नका लागि समय अनुकूल छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

मामा–मावली तथा आफन्तबाट सहयोग पाइनेछ । न्यायिक तथा कानुनी काममा अनुकूल निर्णय प्राप्त हुनेछ । अध्ययनमा उत्कृष्ट प्रदर्शन भई अग्रस्थानमा रहन सकिनेछ । व्यापार–व्यवसायमा नाफा बढ्नेछ । लगानी विस्तार गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेम तथा दाम्पत्य सम्बन्धमा मधुरता आउनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

कर्मठता जारी राखे लाभदायी परिणाम प्राप्त हुनेछ । बौद्धिक तथा वित्तीय क्षेत्रमा सफलता मिल्नेछ । साहित्य, सिर्जना तथा कलामा नाम–दाम दुवै प्राप्त हुनेछ । प्रेममा नजिकिने तथा मन पर्ने व्यक्तिबाट उपहार प्राप्त हुने सम्भावना छ । परिवार तथा छोराछोरीसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ । शेयर बजारमा लगानीबाट राम्रो आम्दानी पाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

अध्ययनमा मन जानेछ र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार–व्यवसाय फस्टाएर आर्थिक मजबुती बढ्नेछ । कृषि तथा पशुपालनलाई आधुनिकीकरण गरी राम्रो नतिजा पाउन सकिनेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । भेटघाट, रमाइला गतिविधि तथा खानपानमा समय व्यतीत हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

उद्योग तथा व्यापारमा लगानी वृद्धि गरी नाफा बढाउन सकिनेछ । प्रेम तथा दाम्पत्य सम्बन्धमा खुसीयाली छाउनेछ । दाजुभाइ तथा इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ । छोटो दूरीको यात्रा हुनेछ । वनभोज तथा सामाजिक समारोहमा रमाइला क्षण बिताउने मौका मिल्नेछ । खेलकुद तथा अन्य गतिविधिमा राम्रो सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

बोलिचालामा मधुरता आउनेछ र बोलेर अनेक काम सम्पादन गर्न सकिनेछ । गीत–संगीत तथा मनोरञ्जन क्षेत्रमा सक्रियहरूले प्रशस्त आम्दानी गर्न सक्नेछन् । वित्तीय तथा सम्पत्तिको उचित प्रयोगबाट आम्दानी बढ्नेछ । पारिवारिक जमघट तथा स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ । भोजनसम्बन्धी व्यवसायबाट राम्रो लाभ पाउन सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

अध्ययनमा उल्लेखनीय प्रगति हुनेछ । व्यवसायमा मनग्गे नाफा हुनेछ । परिवारमा सुखद समाचार आउनेछ । नयाँ आयस्रोत पहिल्याउन सकिनेछ । सामाजिक कार्यबाट सम्मान पाउन सकिनेछ । नयाँ काम गरी भौतिक लाभ उठाउन सकिनेछ । सवारीसाधन प्राप्तिको योग छ । कलाकारिता वा संगीत क्षेत्रमा पनि राम्रो आम्दानी हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

आफन्त तथा साथीभाइको सल्लाहले काम सहज हुनेछ । विदेशी सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । अध्ययनका लागि यात्रा पनि हुन सक्छ । प्रेम तथा दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । सामाजिक तथा परोपकारी कार्यबाट प्रतिष्ठा बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

खनिज तथा तरल पदार्थसँग सम्बन्धित व्यापार फस्टाउनेछ । आर्थिक अवस्था मजबुत हुनेछ । अध्ययनमा राम्रो सफलता प्राप्त हुनेछ । प्रेममा नजिकिने तथा नयाँ प्रस्ताव आउने सम्भावना छ । इच्छा तथा योजना पूरा हुनेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानीबाट अपेक्षित आम्दानी हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

शिक्षा तथा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन हुनेछ । व्यवसायमा नाफा बढ्दै जानेछ र लगानी विस्तार गर्न सकिनेछ । छोटो समयमा नाम–दाम कमाउन सकिनेछ । प्रेम तथा वैवाहिक सम्बन्ध सुदृढ हुनेछ । नयाँ काम तथा रोजगारीको प्रस्ताव आउनेछ । भेटघाट तथा रमाइलो गतिविधिमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।