राहुकाल

दिउँसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ४९ मिनेटदेखि बिहान ५ बजेर ३७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडि बढ्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने पुरानो रोगबाट मुक्ति पाइनेछ । नियमअनुसार गरिएका काममा निर्णय तपाईँकै पक्षमा हुनेछ । नोकरीमा बढुवा हुने योग छ । प्रेममा नजिकिन पाउनेछ । भेटघाटमा समय बित्नेछ । पढाइ–लेखाइमा मन जाने हुँदा अग्रस्थानमा आउन सकिनेछ । खर्च बढे पनि उपलब्धिमूलक काम हुनेछन् ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा जित हुनेछ । अपेक्षित पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको व्यक्तिबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुने योग छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । तर खानपान तथा यात्रा गर्दा सावधानी अपनाउनुपर्छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

माया–प्रेममा अविश्वास बढ्न सक्छ । घर–परिवारमा आमासँग मतभेद उत्पन्न हुने सम्भावना छ । व्यस्तताका कारण पढाइ–लेखाइ कमजोर हुन सक्छ । समाजसेवामा नाम कमाउन बढी संघर्ष गर्नुपर्नेछ । आफन्त तथा इष्टमित्रसँग टाढिनु परे लामो यात्रामा बेचैनी बढ्न सक्छ । तर कृषि तथा पशुपालन व्यवसायमा समयले साथ दिनेछ । वित्तीय बजारमा सावधानीपूर्वक लगानी गर्नु उपयुक्त हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

आफ्नै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिएका कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध सुध्रिँदै नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् । अध्ययन वा कामको सिलसिलामा यात्राको योग छ । प्रविधिको प्रयोगले आफ्ना विचार व्यापक रूपमा फैलाउन सकिनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

व्यवसायमा नाफा कमाउन अरू दिनभन्दा बढी समय खर्चनुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले दैनिक कामकाज प्रभावित हुन सक्छ । आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्छ । अध्ययन तथा अध्यापनमा कमजोर प्रदर्शन हुने सम्भावना छ । प्रस्तुति वा वक्तव्य दिनुपर्दा राम्रो तयारी आवश्यक हुनेछ । तर उपभोग्य वस्तु तथा होटल–रेस्टुरेन्ट व्यवसायबाट नाफा कमाउन सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

मिष्ठान्न भोजन, उत्तम वस्त्र तथा उपहार प्राप्त हुने योग छ । व्यापार तथा शेयर बजारमा लगानीबाट आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । बोलीको प्रभाव बढ्नेछ । बोलेरै आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको काम देखेर सबै प्रशन्न बन्नेछन् । प्रेममा सुमधुरता बढ्नेछ । पति–पत्नीबीच सहयोग र समझदारी बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

चन्द्रमाले खर्च बढाउनेछ । स्वास्थ्यमा समस्या आएर औषधि खर्च बढ्न सक्छ । पढाइ–लेखाइमा मन नजाँदा पछाडि पर्न सकिन्छ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र लाभ मिल्नेछ । आफन्त तथा अग्रजसँग मतभेद हुन सक्छ । लामो दूरीको विदेश यात्राको अवसर मिल्नेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समय अनुकूल रहनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

कामको सिलसिलामा विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । आफन्त तथा साथीभाइको सहयोग पाउने हुँदा मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोतसाधनको उपयोगबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार वा शेयर बजारमा सानो लगानीबाट अपेक्षित आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय अनुकूल छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

व्यापार तथा पुँजी बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ । आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन् । जागिर तथा अवसरहरू पछ्याउनेछन् । भौतिक तथा भोगविलासका वस्तु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्ध विवाहसम्म पुग्ने संकेत छ । विद्यार्थीका लागि दिन फलदायी रहनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मन्दिर तथा धार्मिक स्थल यात्रा गर्ने अवसर मिल्नेछ । पढाइ–लेखाइको कारण लामो यात्रा गर्नुपर्दा फाइदा हुनेछ । भाग्य र समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूलो उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था कमजोर हुन सक्छ । आफन्त तथा चेलीहरूसँग मनमुटाब हुन सक्छ । प्रेममा मतभेद बढ्ने सम्भावना भएकाले आज सावधानी आवश्यक छ । व्यस्तता बढे पनि कमाइ न्यून रहन सक्छ । बोल्दा तथा खानपानमा ध्यान दिनु आवश्यक छ । पढाइ–लेखाइमा मन जानेछ र नतिजा आफ्नै पक्षमा ल्याउन सकिनेछ । धार्मिक तथा पर्यटकीय स्थल भ्रमणको अवसर मिल्नेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

भौतिक सम्पत्ति तथा विलासी वस्तु–व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । शेयर बजारमा लगानीबाट पनि नाफा कमाउन सकिनेछ । व्यवसायिक यात्रा सम्भव छ । प्रेमको गाँठो अझ बलियो हुनेछ । जीवनसाथीको साथले राम्रो काम सम्पन्न गर्न सकिनेछ । मन परेको व्यक्तिबाट उपहार तथा सम्पत्ति प्राप्त हुने योग छ । बौद्धिक क्षमताबाट अधिकार स्थापित गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।