१६ कात्तिक, काठमाडौं ।

यातायात व्यवस्था विभागको सर्भर आंशिक रूपमा सञ्चालनमा आएको छ ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर पुनः सञ्चालनमा आएको हो । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र भेरिफिकेसन सेवा सुचारु भएको विभागले जानकारी दिएको छ ।

तर, अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने विभागले स्पष्ट गरेको छ ।

गत २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा विभागमा ठूलो क्षति पुगेको थियो । सो घटनापछि लाइसेन्ससम्बन्धी सेवा अवरुद्ध भएको थियो ।