बिहान ४ बजेर २३ मिनेटदेखि बिहान ५ बजेर ११ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
कर्म प्राप्तिको निम्ति लामो दूरीको यात्रा हुनसक्छ । विदेशी सामानको व्यापार वा विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । स्वास्थ्य सामग्री तथा प्राविधिक क्षेत्रमा काम गर्नेहरूका लागि आजको दिन उत्तम रहनेछ । तर, नियम विपरीत काम गरेमा दु:ख पाइने सम्भावना छ, ध्यान दिनुहोला । अत्यावश्यक कामबाहेक यात्रा नगर्नु नै उचित हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आय भावमा चन्द्रमाको गोचरले खनिज तथा तरल पदार्थको व्यापार फस्टाउनेछ । आर्थिक अवस्था सबल हुने र नयाँ कामबाट मनग्गे आम्दानी हुनेछ । पढाइ लेखाइमा मन जानेछ । प्रेमसम्बन्ध नजिकिनेछ र नयाँ प्रेम प्रस्ताव आउने सम्भावना छ । इच्छा–आकांक्षा पूरा हुनेछन् । तर, यात्रा गर्दा मौसमको पूर्वानुमान लिएर मात्र हिँड्नुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
नवीन विचारको प्रयोगले व्यवसाय वृद्धि हुनेछ । राजनीति र समाजसेवामा जनताको समर्थन मिल्नेछ । कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । पढाइमा सफलता मिल्नेछ । प्राविधिक शिक्षामा रुचि राख्नेहरूका लागि राम्रो समय छ । कृषि तथा पशुपालन व्यवसायमा प्रगति हुनेछ । अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
भाग्य भावमा चन्द्रमाको शुभ प्रभावले छोटो दूरीको धार्मिक यात्रा सम्भव छ । सानो प्रयत्नले पनि महत्वपूर्ण उपलब्धि मिल्नेछ । राज्यसँग नजिक भएर काम गर्नेहरूलाई आर्थिक लाभ हुनेछ । परिवारसँग खानपान र मनोरञ्जनमा समय बित्नेछ । तर, लामो यात्रा कष्टकर हुनसक्छ, सावधानी अपनाउनुहोला ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
माया प्रेममा नजिकिनुका साथै आफ्ना कुरा सहज रूपमा राख्न सकिनेछ । प्रयत्न गर्दा पद–जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल हुनेछ । नसोचेको धन तथा सम्पत्ति प्राप्त हुनेछ । चिट्ठा वा उपहार हात लाग्ने सम्भावना छ । आफन्त र दिदीबहिनीबाट सहयोग पाइनेछ । शुभचिन्तकको सल्लाह पालना गर्दा फाइदा हुनेछ । यात्रा अघि बाटो र मौसमको जानकारी अवश्य लिनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजनको अवसर मिल्नेछ । प्रेमसम्बन्धमा नजिकिने अवसर प्राप्त हुनेछ । काम वा अध्ययनको सन्दर्भमा विदेश यात्रा सम्भव छ । दैनिक उपभोग्य वस्तुको व्यापारबाट लाभ मिल्नेछ । तर, यात्रा गर्दा बाटो र मौसमको पूर्वजानकारी लिएर मात्र हिँड्नुहोला ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रतिस्पर्धामा अग्रस्थानमा आउन सक्नुहुनेछ । बिछोडिएका आफन्तसँगको भेटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । सरकारी कार्यालयमा आपूर्ति गरिरहनु भएको छ भने राम्रो कमाइ हुनेछ । प्रेमसम्बन्धमा प्रगाढता आउनेछ । पुराना ऋण र रोगबाट मुक्ति मिल्नेछ । मावली र कुटुम्ब पक्षबाट सहयोग प्राप्त हुनेछ । तर, यात्रा कष्टकर नहोला भन्न सकिँदैन ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कामलाई निरन्तरता दिन सके राम्रो लाभ प्राप्त हुनेछ । बौद्धिक र वित्तीय क्षेत्रमा सफलता मिल्नेछ । साहित्य र सिर्जनात्मक कामबाट नाम र दाम कमाउने समय हो । माया प्रेममा नजिकिनुका साथै उपहार प्राप्त हुने सम्भावना छ । छोरा–छोरी र आफन्तसँग सम्बन्ध मजबुत हुनेछ । वंशवृद्धिको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
राजनीति र समाजसेवामा उल्लेखनीय कार्यद्वारा प्रतिष्ठा प्राप्त हुनेछ । मन पर्ने व्यक्तिसँग यात्रा र मिठो भोजनको अवसर मिल्नेछ । आमाको सहयोगले राम्रा काममा सफलता मिल्नेछ । पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने योग छ । तर, सामान्य स्वास्थ्य समस्याका कारण पढाइमा बाधा आउन सक्छ । सम्भव भएसम्म यात्रा स्थगन गर्नु नै राम्रो हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
साथीभाइको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विशेष गरी नयाँ उद्योग वा सिर्जनात्मक काममा समय बित्नेछ । परिश्रम अनुसार सफलता मिल्नेछ । रोकिएका कामहरू अघि बढ्नेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । परिवारजनको आकांक्षा पूरा गर्न सकिनेछ । तर, यात्रा गर्दा बाटो र मौसमको जानकारी लिएर मात्र हिँड्नुहोला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
साहित्य तथा कलाकारिता क्षेत्रमा रुचि बढ्नेछ । काउन्सेलिङ तथा मोटिभेसनका कार्यहरूमा सराहनीय प्रस्तुति दिन सकिनेछ । कुटुम्ब तथा आफन्तसँग भेटघाट हुनेछ । मिष्टान्न भोजनको अवसर मिल्नेछ । प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ । यात्राको लागि समय मध्यम रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
नयाँ प्रविधिको प्रयोगमार्फत अध्ययन र काममा निरन्तरता दिने समय हो । समाजसेवामा जनताको साथ पाएर नाम कमाउन सकिनेछ । प्रेममा विश्वास बढ्नेछ । आत्मविश्वासले पराक्रमी कार्य सम्पन्न गर्न सकिनेछ । तर, यात्रा वा बाहिरी काममा निस्कँदा बाटो र मौसमको जानकारी अवश्य लिनुहोला ।

तपाईंको दिन शुभ रहोस् ।