अर्घाखाँची । अर्घाखाँचीमा घर झगडाका क्रममा छोराले बुवाको हत्या गरेका छन् ।सन्धिखर्क नगरपालिका १२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर बुधबार दिउँसो घरमै हत्या गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

रिसको झोकमा झुपेले कुटपिट गरेर बुबाको हत्या गरेपछि शवलाई मलभित्र पुरेका थिए । मदिराले मात्तिएका झुपेलाई दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीले पक्राउ गरेको थियो ।

घटनापछि भाग्दै गरेको अवस्थामा झुपेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।