काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रहनेछ । हिमाली केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा कर्णाली र सुदूरपश्चिमका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

ठूलो वर्षा हुने क्षेत्र तथा जोखिमयुक्त ठाउँमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।