काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५९।५० रुपैयाँ र डिजेल र मट्टीतेल १४८।५० रुपैयाँ तोकेको छ।सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टीतेल १५० रुपैयाँ तोकेको छ।
काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टीतेल १५० रुपैयाँ निर्धारण गरिएको छ।इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २।२८ रुपैयाँ बढेको र डिजेलमा प्रतिलिटर १।४८ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।