बाणगंगा । कपिलवस्तु जिल्ला फुटबल लिग(२०८१ सुरु भएको छ । कपिलवस्तु जिल्ला फुटवल संघले आयोजनामा उक्त लिग बुधबारबाट सुरु भएको हो । बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा भएको उक्त लिगको उद्घाटन खेलमा मुहान फुटबल क्लव शान्ति सृर्जना युवा क्लवसंग बराबरीमा रोकिएको छ ।
खेल सुरु भएको केही मिनेटमा पेनाल्टी पाएको मुहानले पेनाल्टीमार्फत गोल गरेर खेलमा अग्रता लिएको थियो । पेनाल्टीमार्फत मुहानका क्याम्टेन सन्जु सेनले गोल गरेका हुन् । दोस्रो हाफमा सृर्जना शान्तिका लागी मनोज थारुले गोल गरेर खेल बराबरीमा पुगाएका हुन् । खेल बराबरी भएसंगै दुबै टोलीले १र१ अंक बाँडेका छन् ।
मनोज नै ‘म्यान अफ दि म्याच’ घोषित भए । विहिबार ३ खेल खेल हुने संघका अध्यक्ष तिलक थापाले जानकारी दिए । विहान ९ बजे बाणगंगा वेलफेयर सोसाईटी र सुर्योदय युवा क्लव, दिउँसो १ बजे शान्ति सिर्जना युवा क्लव र राईजिङ्ग स्टार युवा क्लव तथा ३ बजे खेल मुहान एफसी र जनप्रेमी युवा क्लवबीच खेल हुने छन् ।
उक्त लिगको उद्घाटन नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले गरेकी हुन् । उनले सो क्रममा युवालाई खेलकुदतर्फ प्रोत्सहित गर्ने कार्यक्रम राज्यले ल्याउन आवश्यक रहेको भन्दै त्यसका लागी आफु गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।यस्तै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले शुभकामना दिदैं बाणगंगाले खुलकुदलाई प्राथमिकतामा राखेर काम गरिहेको बताएका थिए ।