काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरु अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ । सर्वोच्चको वृहत्‌पूर्ण इजलासले आइतबार अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ ।

कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ । यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।