काठमाडौ ।

बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय  तोकिएको छ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार सजाय निर्धारण गरेको हो । भण्डारीको इजलासले यसअघि असार १० गते बम्जनलाई दोषी ठहर गरेकोमा आज सजाय तोकेको हो।