कपिलवस्तु ।मधुवन सामुदायिक सुत्केरी आमा तथा नवजात शिशुहरूका लागि पोषणयुक्त खानेकुराहरू वितरण गरेको छ । बाणगंगा नगरपालिका वडा नं.८ मा रहेको यश सामुदायिक वनले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्ययोजना अन्तर्गत उपभोक्ता समुह भित्रका ५ टाेलमा रहेका ३२ जना सुत्केरी आमाहरुलाई पोषणयुक्त रहेका विभिन्न खानेकुराहरू वितरण गरिएको उक्त वनका अध्यक्ष शान्त विक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँले वनको आर्थिक अवस्थाका कारण थोरै खानेकुरा भएपनि यसले सुत्केरी र बच्चाको स्वास्थ्य प्रवदर्धनका निम्ति ठुलो भुमिका खेल्ने बताउदै ,वनको आगामि भाबी कार्ययोजना मा पनि यस्ता किसिमका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भयो । उक्त पाेषणयुक्त खानेकुरामा अण्डा, मह, चना लगायतका विभिन्न पौष्टिक खानेकुरा वितरण गरिएको हाे ।त्यसैगरी सव डिभिजन वन कार्यालय मोतिपुरका फरेस्टर विष्णु थारुले वनले गरेको कार्यको प्रशंसा गर्दै अन्य वनले पनि यसको अनुकरण गर्न आवश्यक रहेको बताउनुभयो । वनको अर्थलाई सहि व्यवस्थापन गर्न सके धेरै राम्रा कामहरु गर्न सकिने उदाहरण मधुवन सामुदायिक वनले प्रस्तुत गरेको बताउनुभयो ।

उपाध्यक्ष शालिकराम भुषालको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वनका पदाधिकारी, अन्य वनका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
