साझा डायरी ।
मायादेवि गाउँपालिकाको प्रस्तावित सीमा सुरक्षा गुल्म बिओपि चाकरचौडामा कार्यरत सशस्त्र प्रहरी जवान प्रकाश श्रेष्ठ भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST SOLDIER OF THE MONTH) घोषित भएका छन् ।
सशस्त्र प्रहरीको विभागीए मुल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरि व्यवसायिक, लागनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्चमनोवल र सहासका साथ आफ्नो कर्तव्य निर्वाह गरी राजश्व संकलन तथा बिर्दी गर्नमा समेत महत्वपुर्ण भुमिका निर्वाहा गरेको भन्दै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रक्षिण प्रतिष्ठान मातातिर्थ, काठमाण्डौ दरबन्दी भई हाल प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत जवान प्रकाश श्रेष्ठलाई उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८० साल भदौ महिनाको (BEST SOLDIER OF THE MONTH) घोषणा गरिएको चाकरचौडा गुल्मले जानाएको छ ।लालबन्दी न.पा. वडा नं. १७, सर्लाही जिल्ला निवासी सशस्त्र प्रहरी प्रकाश श्रेष्ठ उच्च अनुशासन उच्च हौसलाको साथ पाएको जिम्मेवारी पुरा गर्ने र अति नै मिलनसार सशस्त्र प्रहरी कर्मचारी रहेको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) रामेश्वर श्रेष्ठले जानकारि दिनुभएको छ ।