तौलिहवा ।
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।
कपिलवस्तु कारागारका प्रमुख जेलर मनोज शैनीका अनुसार राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम कैद मुक्त गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गत आर्थिक वर्षसम्म ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गर्दै आएको र यस वर्षदेखि ४० प्रतिशत भन्दा बढी कैद भुक्तान गरेकोलाई रिहा गरिएको छ ।’’कैद मुक्त भएका ८ जना मध्ये ४० प्रतिशत कैद भुक्तान गरेका चार जना रहेका छन् । जसमध्ये ३ जना कर्तव्य ज्यान र एक जना सवारी ज्यान मुद्दा कैद जीवन बिताइरहेका थिए । त्यस्तै ५० प्रतिशत कैद भुक्तान गरेका ४ जना रहनु भएको छ । जस मध्ये तीन जना कर्तव्य ज्यान र चारी मुद्धामा एक जना कैद जीवन विताइ रहेका थिए ।
मुद्दा नकारात्मक सूचीमा नपरेका, असल चाल चलन भएका आधारमा उहाँहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उहाँहरुको कैद मिनाहा गरिएको जेलर शैनीको भनाइ छ ।
कैद मुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएका उहाँले बताउनुभयो । कपिलवस्तु कारागारमा रहेका कुल पाँच सय ३० कैदी बन्दीमध्ये आठ जना कैद मुक्त भए भने बाँकी पाँच सय २८ जना कैदी बन्दी कारागारमा रहेका छन् । कारागारमा स्वादेशी थुनुवा २४७, कैदी २४४, विदेशी थुनुवा १२, कैदी १७ र महिला थुनुवा २ जना रहेका छन् ।
स्रोत : गोरखापत्र