बुटवल । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूह बीच विवाद हुँदा तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश सेन्तानको मृत्यु भएको हो ।यसैगरी घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ का विकास वाईवा, मकवानपुर गढी गाउँपालिका–६ का राजु तामाङ र मकवानपुरकै हस्ता सिंह रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । ‘दुई समूह बीच आपसी विवाद हुँदा घटना भएको देखिन्छ, यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’–थापाले भने ।
ग्यालेक्सी क्लबको उदाहरणीय कार्य : माहिराको उपचारमा एक लाख ३१ हजार रकम संकलन गरि हस्तान्तरण
कपिलवस्तु ।कपिलवस्तुको ग्यालेक्सी युथ क्लबको पहलमा क्यान्सर पिडित माहिरा विश्वकर्माको सहयोगार्थ एक लाख ३१ हजार रकम संकलन गरेको छ ।६...
Read more