पाल्पा ।
पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
माथागढी गाउँपालिका–२ बाँसटारी झडेवा सडकको भित्री खण्डमा हिजो बेलुकी भएको दुर्घटनामा माथागढी–२ दोहोराका ३८ वर्षीय वेदप्रसाद भुसालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका माथागढी–२ का ३६ वर्षीय रिपबहादुर सारु, ४४ वर्षीय गोविन्दबहादुर सारु, ३० वर्षीय नरध्वज सारु, २५ वर्षीय सरोज सारु र ३५ वर्षीय टोपबहादुर सारुको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ । ग्याबिङ जाली बोकेको लु ४ त ६६३२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ सडक छेउको पिल्लरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।