दाङ । वसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा लुम्बिनी प्रदेशमा माघ ९ गते शुक्रबार सार्वजनिक विदा दिइने भएको छ।

लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक विदासम्बन्धी सूचना जारी गर्दै माघ ९ गते शुक्रबार वसन्त पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।

प्रदेश राजपत्र भाग ३, खण्ड ५, संख्या १८ मा प्रकाशित सूचनाअनुसार सो दिन प्रदेश अन्तर्गतका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा रहनेछ।

सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।