कपिलवस्तु, १० साउन ।
बाणगंगामा मंगलवार राति परेको अविरल बर्षाले डुवानमा परेका पिडित परिवारलाई होटल तथा पर्यटन व्यवसायी संघले राहत सामग्रि प्रदान गरेको छ । संघले बाणगंगा ७ बनगाईमा डुवानमा परेका परिवारलाई राहत सामग्री गए रातिनै प्रदान गरेको हो । संघले १५ हजार बराबरको लत्ताकपडा तथा खाद्यान्न प्रदान गरेको अध्यक्ष रविन्द्र पौडेलले बताए । उनले बाढिले डुवानमा परेका परिवारमा पर्न गएको क्षती प्रती दुःख व्यक्त गर्दै अन्य निकायहरुलाई पनि सहयोगमा जुट्न आग्रह गरे । उनले भने “हामी निरन्तर समाज रुपान्तरणको अभियानमा छौ, सबैले पिडित परिवारलाई सहयोग गरौं ।”
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more