प्युठान ३ साउन । प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै साउन १ गतेदेखि त्यस्ता मदिरा पालिकाभित्र विक्री वितरणमा रोक लगाएको हो । गाउँपालिकाले स्थानीय कोदोको रक्सीलाई ब्राण्ड बनाउने जनाएको छ । गाउँ सभाको पन्ध्रौँ अधिवेशनले उक्त निर्णय गरेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।स्थानीय पदमबहादुर केसीले पालिकाले राम्रो निर्णय गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
गाउँपालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएको जनाएको छ । गौमुखी गाउँपालिकाको सबै वडामा प्रशस्त मात्रामा कोदो फल्ने गर्दछ । अहिले कोदोबाट घरेलु मदिरा उत्पादन हुँदै आएकोमा त्यसलाई नयाँ प्रविधिबाट ब्राण्डको रूपमा उत्पादन गर्ने पालिकाको योजना छ । कोदो वार्षिक तीन सय मेट्रिक टन उत्पादन हुने पालिकाको तथ्याङ्क छ ।
साढे १४ करोड कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
कपिलवस्तु । कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ...
Read more