Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

२३ बर्षअघि मुक्त कमैयालाई सरकारले दिएको जग्गा कतिपयले चिनेनन भने धरैको जग्गा बगरमा

न्युज डेस्क न्युज डेस्क
२०८० साउन २, मङ्लबार १२:०० AM
२३ बर्षअघि मुक्त कमैयालाई सरकारले दिएको जग्गा कतिपयले चिनेनन भने धरैको जग्गा बगरमा


दाङ २ साउन । २०५७ साल साउन २ मा सरकारले कमैया मुक्तिको घोषणा गरेको भएपनि ५ जिल्लाका ७०५ मुक्त कमैयाँले जग्गाको लालपूर्जा पाएकाछन् । त्यसमध्ये १७ जनाले आफ्नो जग्गा चिन्न सकेका छैनन् । २९ जना मुक्त कमैयाको जग्गा नदीको किनार र बगरमा जग्गाको लालपुर्जा बनेको छ ।जहाँ बसोबास गर्न कठिन छ । तत्कालीन सरकारले असार २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको हो । तर, सरकारले मुक्त कमैयाको व्यवस्थापन गर्न अहिलेसम्म सकेको छैन ।
को नामबाट प्रत्यक्ष वा अप्रत्यक्ष वा कुनै पनि तरिकाले असहाय तथा अशिक्षित श्रमिकलाई काममा लगाउनु पूर्णतः गैरकानूनी घोषित गरी कमैया मुक्तिको घोषणा गरेको थियो ।सरकारले गरेको कमैया मुक्तिको घोषणाबाट नेपालको पश्चिम तराईका ५ (दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर) जिल्लामा रहेका ३६ हजार कमैया परिवारका २ लाख जना मुक्त भएका थिए । यी मध्ये तीन मुख्य जिल्ला दाङ, बाँके, बर्दिया लुम्बिनी प्रदेशमा पर्दछन् ।यो दिनलाई यी जिल्लामा आज मुक्ति दिवसको रुपमा पनि मनाइने गरिन्छ । जमिनदारको घरमा कमैया बस्ने कमैयाहरु मुक्त घोषणा भएको दिन । त्यही दिनलाई मुक्तिको दिनको रुपमा मनाउँदै आइएको छ ।
सुभागी चौधरी सानैमा अर्काको घरमा कमलरी बस्नुपर्यो । पढ्ने लेख्ने कुरा टाढै भए । जमिनदारको घरमा कमैया बस्दा उनीहरुलाई कामले रिझाउनुपर्यो । विहे भयो । त्यसपछि पनि उनी श्रीमानसँगै कमैया बसिन् । सरकारले कमैया मुक्त घोषणा गरेपछि जमिनदारको घरबाट मुक्ति त मिल्यो । तर, समस्या भने उस्तै रहे ।हाल घोराही उपमहानगरपालिका–१६ कपासीमा बस्दै आएकी चौधरीको नाममा सरकारले ५ कट्ठा जग्गा उपलब्ध गरायो । त्यो पनि नदीको ढिकमा । सुभागीको हातमा जग्गाको लालपूर्जा त आइपुगेको छ । तर, त्यो जग्गा कस्तो छ भनेर चिन्न पाएकी छैनन् ।‘खोलाको ढिकमा जग्गा छ रे, न मलाई कसैले चिनाउन लगेको छ । न मलाई थाहा छ । हातमा कागजको खोस्टा मात्रै भएर के गर्नु’, सुभागीले भनिन्, ‘जग्गाको लालपूर्जा पाएपछि सबै समस्या समाधान हुन्छ भने, तर हातमा जग्गाको लालपूर्जा आउँदा पनि समस्या झन् बढेर गयो ।’
दाङ जिल्लाका सुभागीजस्ता १७ जना मुक्त कमैयाले अझैं आफ्नो जग्गा चिन्न पाएका छैनन् । हातमा जग्गाको लालपूर्जा भएपनि त्यो जग्गा उपभोग गर्न पाएका छैनन् ।‘सरकारले जग्गाको लालपुर्जा दियो । तर, जग्गा चिनाएन । यस्तोखाले समस्याले गर्दा पीडामाथि पीडा थप्ने काम भयो’, मुक्त कमैयाँ समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले भने, ‘कमैया मुक्तिपछि न्याय मिल्छ भनियो, अहिलेसम्म हामी अन्यायमै छौं । आफूले पाएको जग्गासमेत चिन्न नपाएको दुःख छ ।’दाङमा एक हजार ४ सय २६ जना मुक्त कमैयासँग सरकारले दिएको परिचयपत्र छ । बाँकी ३ हजार ३ सय ८५ जनासंग न कुनै परिचय छ । न कुनै पहिचान ।पहिचानविहीन रहेका मुक्त कमैयाको समस्या समाधान गर्न समेत सरकारले ध्यान नदिएको अध्यक्ष चौधरीले बताए ।
‘परिचय पत्र भएकाहरुलाई मात्रै सरकारले सुविधा दिन्छ । परिचयपत्र नभएकाहरुलाई कुनैपनि सुविधा छैन’, उनले भने, ‘सबै मुक्त कमैयाले जग्गा पाउन सकेका छैनन् । सरकारले दिने सेवा सुविधा पनि विभेद भयो ।’मुक्त कमैयाको समस्या भूमिको स्वामित्वसंग जोडिएको विषय भएकाले समस्या समाधानको लागि छुट्टै आयोगको आवश्यकता पर्ने देखिएको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुँवरले बताए ।‘जग्गाको स्वामित्वसंग जोडिएको बिषय हो । अहिले गठन भएको भूमि आयोगले मुक्त कमैयाको समस्या समाधान गर्ने क्षेत्राधिकार नपर्ने देखिएको छ’, उनले भने, ‘यसका लागि छुट्टै अधिकार सम्पन्न आयोग गठन गरेर अघि बढ्नुपर्ने देखिन्छ ।’
राष्ट्रिय भूमि आयोगमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको ७६ हजार तीन सय सात जनाले फारम भरेको जिल्ला समितिले जनाएको छ ।जिल्लाका दशवटै पालिकामा आयोगमार्फत काम भइरहेको छ । ढिलो सम्झौता भएको बंगलाचुली गाउँपालिकामा अहिले लगत संकलन गर्ने काम सकिएको छ ।लगत प्रवृष्टीकरणको काम सकिएपछि जग्गाको नाप नक्साको काम सुरु हुनेछ । बाँकी ९ वटा स्थानीय तहमा अहिले जग्गाको नापनक्साको काम अघि बढेको छ । यस्तै नापी कार्यालयमार्फत नापी टोली गठन गरेर पनि काम अघि बढिरहेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जनाएको छ ।बर्दियाबाट प्रदेश सभामा निर्वाचित सांसद भुवनेश्वर चौधरीले मुक्त कमैयाले २३ वर्ष पुग्दा पनि आफ्ना समस्या समाधान गर्न नपाएको बताए।
सबै मुक्त कमैयालाई त्यतिबेला दिने भनिएको जग्गासमेत नदिइएको, यसको यथार्थ विवरण सार्वजनिर्क नगरिएको, जग्गा दिएकालाई पूर्जा दिन नसकेको, पूर्जा दिएकालाई भागचलन गर्न नदिएको र यसरी जग्गा पाएकालाई घर बनाउन काठ उपलब्ध नगराइएको, शिक्षा, स्वास्थ्य र रोजगारीमा कुनै योजना नबनाइएको समस्या यथावत रहेका छन्, अविलम्ब यसको समाधान खोजिनुपर्दछ’ उनले भने ।कमैया मुक्ति दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले शुभकामना व्यक्त गरेका छन् । सरकारको बिभिन्न प्रयास भएपनि मुक्ति दिवसको समयमा जन्मेको एउटा सन्तान अहिले २३ वर्षको लक्का जवान भइसक्दा समेत साढे २७ हजार मुक्त कमैया परिवारका लाखौं जनाको व्यवस्थापन र पुुनस्र्थापना हुन नसक्नुले सकारात्मक सन्देश प्रवाह गर्न नसकेकोमा आफू संवेदनशील भएको मुख्यमन्त्रीले बताएका छन् ।

तसर्थ उनीहरुको पुनस्र्थापना र व्यवस्थापनको पक्षमा सबै एक भएर थप लागि पर्ने अवस्था आएको उनले बताएका छन् । कमैया आन्दोलनको प्रभावले तत्कालीन अबस्थामा सहयोग गर्ने पूर्व प्रधानमन्त्रीहरु, राजनीतिक शीर्ष नेतृत्व, मन्त्रीहरु, आन्दोलन सफल बनाउन अग्रणी भूमिका खेल्ले आम सञ्चार माध्यम, विभिन्न क्षेत्रमा रहेर तत्कालीन अवस्थामा सहयोग गर्ने मार्टिन चौतारीलगायतका संघ सस्थाहरुप्रतिको सहयोग स्मरण गर्दै मुख्यमन्त्री चौधरीले सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।
कमैया आन्दोलनका अगुवा पहिलो विद्रोही नेता राजदेव चौधरीलाई स्मरण गर्दै मुख्यमन्त्रीले समन्ययकर्ता दमननाथ ढुङगाना र पद्मरत्न तुलाधरको योगदानलाई पनि सम्झेका छन् । आज २३ वर्षपछि कति मुक्त कमैयाको पुनर्स्थापना भयो रु कतिको पुनस्र्थापना हुन बाँकी छ ? बाँकीको पुनस्र्थापनाका लागि के हुँदैछ ? यी प्रश्नहरु जगजायर रहेको भन्दै मुख्यमन्त्रीले ती समस्या समाधानका लागि तीनै तहका सरकार अझै पनि गम्भीर हुनु पर्ने उल्लेख गरेका छन् ।लुम्बिनी प्रदेश सरकार यसमा पुर्णरुपमा गम्भीर रहेको भन्दै मुख्यमन्त्रीले आजको दिनले मुक्त कमैयामा उत्साह, उर्जा र श्रृजनशिलता बढाउन थप प्रेरणा प्रदान गरोस् भनी शुभेच्छासहित मुक्त कमैयाहरुलाई स्वरोजगार बनाउने, उनीहरुको उत्पादन र सीपलाई बजारसम्म पुर्याउने अभियानमा कमैया आन्दोलनको अभियान्ताको हैसियतले संगै रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तुमा चन्दा विवादमा हत्या, २ जना पक्राउ

कपिलवस्तु । चन्दा संकलन गरेको रकमको हिसाबकिताब नबुझाई हिनामिना गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेको नेकपा माहावीर...

Read more
सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

सहकारी प्रकरणमा छविलाल जोशीको ७ घण्टा बयान

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी रुपन्देही ल्याइएका गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसँग मंगलवार लामो बयान...

Read more
मौसम अपडेट : आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

मौसम अपडेट : देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको...

Read more
विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आर्थिक वर्ष २०८०र०८१...

Read more
संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

संस्कृती संरक्षणका निम्ति पालिकाले बजेट विनियोजन गर्छ : उप-प्रमुख थारु

कपिलबस्तु । बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी थारुले थारु समुदायको पुरानो गरगहना, पोसाक पछिल्लो समय लोप हुदै गएको प्रति...

Read more
सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको...

Read more
बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं ।बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलुका ७ बजेर ३४ मिनेट जाँदा बझाङ जिल्लाको...

Read more
आज बिहान साढे ७ बजे खोला तर्ने क्रममा जलविद्युत् परियोजनाका मजदुर बेपत्ता

बाणगंगा -८,माेर्मीमा खोलामा डुबेर २ जनाकाे मृत्यु

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ । बाणगंगा- ८ निवासि प्रतिक भण्डारी...

Read more
डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

डिजिटल भुक्तानीमा सेवाग्राही ठगिने अवस्था हटाउन सांसद गाैतमकाे माग

काठमाडौं । नेपाल कांग्रेसकी सांसद प्रतिमा गौतमले डिजिटल भुक्तानी सेवाको शुल्कमा भ्याट लाग्दा डिजिटल बैंकिङ कारोबार महँगिएको भन्दै सरकारको ध्यानकर्षण...

Read more
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media