कपिलवस्तु । कपिलवस्तु युवा भजन समूहले स्थानीय गौशालामा रहेका गाईहरूको संरक्षण तथा पालनपोषणमा सहयोग पुर्‍याउने उद्देश्यले चापट र दाना वितरण गरेको छ ।

धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त समूहले गौ संरक्षणमा सानो भए पनि योगदान पुगोस भन्ने हेतुले आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

समूहका सक्रिय सदस्य किरण पन्थीले ‘साझा डायरी’सँग कुरा गर्दै यस्ता सामाजिक तथा धार्मिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । उनका अनुसार गौ सेवा जस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको छ ।

स्थानीय स्तरमा गरिएको यस सहयोगले गौशालामा रहेका गाईहरूको दैनिक पालनपोषणमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।