कपिलवस्तु । कपिलवस्तु फुटबल संघको आयोजनामा महिला लुंगी फुटबल प्रतियोगिता हुँदैछ। बाणगंगा बुद्द शङ्गशालामा माघ ३ गते शनिबारका दिन  आयोजना  हुने गरी तयारी तीव्र गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक शंकर कार्कीका अनुसार प्रतियोगिताको उद्देश्य महिलामा खेलप्रति रुचि, क्षमता र आत्मविश्वास बढाउनुका साथै स्थानीय संस्कृतिको संरक्षण गर्नु रहेको छ।

यसैबीच कार्यक्रम सम्बन्धी विस्तृत जानकारी श्रींघिघाट सामुदायिक वनका अध्यक्ष शुशिल सिंह ठकुरीले गराएका छन्। उनका अनुसार स्थानीय स्तरीय सहभागिता उच्च रहने अपेक्षा गरिएको छ र खेलकुदलाई मनोरञ्जनसँगै सामाजिक एकतामा जोड्ने अभियानका रूपमा यो कार्यक्रम अघि बढाइएको हो।

प्रतियोगितामा सहभागी खेलाडीहरूले परम्परागत लुंगी धारण गरेर प्रतिस्पर्धा गर्ने भएकाले कार्यक्रम थप आकर्षक र रोचक हुने अपेक्षा गरिएको छ।