बुटवल २ असार । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शासन चलाउने हामीहरु खराव सावित भयौ तर ब्यवस्था खराव छैन भनेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरु अझै जवाफदेही र जनमैत्री हुनु पर्ने सुझाव दिएका छन् । स्थानीय तह जनताको घर दैलोको सरकार भएकाले जनप्रतिनिधिहरुको जिम्मेवारी बढी हुने उनको भनाइ छ ।रिब्दीकोट गाउँपालिका गाउँसभाको १३ औं अधिवेशनलाई सम्बोधन गर्नुहुदै सभामुख घर्ती मगरले प्रदेश सभाले जनताको काम गर्ने सवालमा कानुनी समस्या भए हल गर्न तत्पर रहेको बताए ।
“उनले कानुन तथा नीतिनिर्मातामा समस्या भए भन्नू पर्यो यो ।कानुनको अभाव देखाएर जनताको न्यायोचित काम नगर्ने छुट कसैलाई छैन ।”सभामुख घर्ती मगरले जनप्रतिनिधिहरुलाइ कानुनी शिक्षा दिन र कार्यान्वयनमा आएका एन कानुनको जटिलताको हल गर्न प्रदेशसभा सधै तत्पर रहेको पनि बताए । उनले स्थानीय तह र प्रदेश सभालाइ कार्यक्रम मार्फत जोडने प्रयास सुरु गरिएको जानकारी समेत दिए ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका १०९ वटा पालिकामा प्रदेश सभा प्रत्येक रुपमा जोडिने उनले बताए ।पालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण जी। सी। समाजसेबी गोपाल पोखरेल ,उपाध्यक्ष कान्ता अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो