प्यूठान २६ असार । प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।किसानलाई खेती गर्न सजिलो होस् भनेर ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार गाउँपालिकाले निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गर्न आर्थिक वर्ष ०७५र७६ बाट ’किसानसँग गाउँ सरका कार्यक्रम’ बनाएर काम गरिरहेको छ । कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भएका छन् ।यस्तै, हाते ट्याक्टर पाएपछि कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताएका छन् । स्थानीय कृषक हिराबहादुर घर्तीले खेतबारीको सबै स्थानमा एकै नासले जोत्न सकिने बताउनुभयो । यहाँका किसान श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।
यता गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानीका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएको छ । आर्थिक वर्ष २०७९–०८० को सङ्घीय मन्त्रालयबाट प्राप्त सशर्त बजेटबाट वातावरणीय सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत त्यहाँका नागरिकलाई विद्युतीय चुल्हो वितरण गरिएकोहो ।
भुवनपानीमा रहेको अर्खले स्वास्थ्य कार्यालयको आयोजनामा सोमबार एक औपचारिक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले ज्येष्ठ नागरिक रुक्मागत खनाल, नारायणप्रसाद उपाध्याय खनाल र बालकुमारी पाण्डेलाई विद्युतीय चुल्हो हस्तान्तरण गर्नुभयो ।सोही अवसरमा नगरप्रमुख पन्थीले सबै स्वस्थ रहन आवश्यक रहेको भन्दै नागरिकको स्वास्थ्यप्रति रेसुङ्गा नगरपालिका निकै सजग र गम्भीर रहेको बताउनुभयो । ज्येष्ठ नागरिकलगायतको खानपानसँगै सरसफाइमा पनि विशेष ख्याल पुर्याउनुपर्ने बताउँदै सबै उत्पादनशील कार्यमा लागे मात्र समृद्ध र सबल नगरपालिका निर्माणको ध्येय सफल हुनेउल्लेख गर्नुभयो।
रेसुङ्गा नगरपालिकाका आईटी इन्जिनियर सुरेश खनालले विद्युतीय चुल्होको प्रयोगसम्बन्धी जानकारी गराउँदै ग्यास र दाउराको विकल्पको रुपमा विद्युतीय चुल्होलाई प्रयोग गर्न सकिने बताउनुभयो। वडाअध्यक्ष दुर्गाप्रसाद खनालले वडाका ३३१ थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिनुहुँदै अपुग देखिएमा आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र विद्युतीय चुल्हो वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृष्णनगरमा यात्रु सहायता कक्षको स्थापना
कपिलवस्तु । नेपालीहरुको महान चाड बडा दशैं, शुभदिपावली तथा छठ पर्व नजिकि सँगै चाडपर्वको अवसरमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै...
Read more