कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ बनगाईस्थित कल्याणेश्वर शिवालय मन्दिर परिसरमा आयोजित दिव्य कृष्ण जन्मोत्सव तथा भजन सन्ध्या–२०८३ बाट संकलित साढे दुई लाख रुपैयाँभन्दा बढी रकम बाढी तथा दैवी प्रकोप पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएकाे छ ।
कल्याणेश्वर शिवालय मन्दिर समितिको आयोजनामा तथा हिमवत् प्रतिष्ठान नेपाल र शान्ति सिर्जना युवा नेपालको सहआयोजनामा कृष्ण जन्माष्टमीको अवसरमा भजन सन्ध्या आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन हिमवत् प्रतिष्ठान नेपालका अध्यक्ष आचार्य कमल पौडेलले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक एवं समाजसेवी शिवचन्द्र आचार्यलगायतले भजन सन्ध्याको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय भजन गायक कृष्ण सुवेदी समूहको भजन प्रस्तुति, श्रीकृष्ण पूजन, भजन–कीर्तन, महाआरती तथा धार्मिक प्रवचन गरिएको थियो । ऋषिकेश उपाध्यायले कृष्णलीला र पं. टीकाराम पौडेलले हिन्दू परम्परा तथा संस्कारसम्बन्धी प्रवचन दिनुभएको थियो ।
धार्मिक आस्था र सांस्कृतिक संरक्षणसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको भजन सन्ध्याबाट तीन लाख ५० हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको र उक्त रकमबाट खर्च कटाएर दुई लाख पचास हजार भन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम सफल बनाउनका लागि भजन सन्ध्या कार्यक्रम सम्पादन मूल समितिका संयाेजक शिवचन्द्र आचार्य, सहसंयाेजक दुर्गा के.सी. सचिव दामाेदर ढकाल, शान्ति सिर्जना यूवा नेपालका अध्यक्ष दिपक कुँवर, अशाेक वाग्ले, नवीन भूसाल, प्रकाश भुसाल, सूरज पाैडेल, मान व. कार्की प्रकाश के.सी., रवि आचार्य, राजन खत्री, कमल गैरे, समाजसेवी रूक बहादुर भुसाल, क्या. गंगा बहादुर कार्की, ललिता क्षेत्री, विन्दु कार्की,अनिषा आचार्य, लालमणि घिमिरे , अर्जुन सुवेदी, कल्याणेश्वर मन्दिर समितिका अध्यक्ष दामाेदर आचार्य , मन्दिरका पुजारी लिलाधर ज्ञवाली हिमवत प्रतिष्ठानकाे तर्फबाट काेषाध्यक्ष आशिष उपाध्याय,सचिव सागर हमाल, अमृत पाैडेल, थानेश्वर ज्ञवाली , केशव खनाल, हरि घिमिरे लगाएतकाे भुमिका रहेकाे थियाे ।
आयोजकले धार्मिक कार्यक्रमलाई मानवीय सेवासँग जोड्दै बाढी तथा प्राकृतिक विपत्तिमा परेका परिवारको सहयोगमा योगदान गर्न पाएकोमा खुशी व्यक्त गरेको छ ।