काठमाडौं, ७ पुस
माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहित पाँच जनालाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा सहभागीहरू सर्वपक्षीय सरकार गठन भएपछि मात्रै चुनाव हुनुपर्ने माग राखेका थिए । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिन चाहेका थिए, तर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै उनीहरूलाई रोकिदिएको छ ।