काठमाडौँ ।

सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज एकैदिन तोलामा १ सय रुपैयाँले बढेर ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ ४ हजार ५ रुपैयाँ थियो । यसअघि गएको बिहीबार चाँदीको भाउ तोलाको ४ हजार ८० रुपैयाँ रहेको थियो ।