काठमाडौँ ।

मनाङ जिल्ला केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु मनाङ जिल्लाको थोचे आसपास रहेको थियो । केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा लगातार भूकम्पका धक्का महसुस भइरहेका छन् । गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।