काठमाडौँ ।

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । तर बाँकी सबै भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ ।